बैतडी –बैतडीमा कोरोनाका सक्रिय संक्रमित घट्दै गएका छन् । कोरोनाको तेश्रो भेरियन्ट ओमीक्रोन फैलिएको बेला सक्रिय संक्रमितको संख्या बढेको भएपनि अहिले भने त्यो संख्या घट्दै गएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए ।
यद्यपि कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्यका मापदण्ड अपनाउन भने उनले आग्रह गरेका छन् । उनले भने ‘कोरोना संक्रमण जोखिम कायमै रहेकाले स्वास्थ्यका मापदण्ड अपनाउन आवश्यक छ । कोरोना महामारी हटेको छैन् कम मात्रै भएको हो ।’
बैतडीमा अहिले सम्म ३ हजार ३२३ जनामा कोरोना पुष्टि भएको र ती मध्ये ३ हजार २७० जनाले कोरोना जितेको स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोनाका कारण अहिले सम्म जिल्लामा १९ जनाको मृत्यु भएको स्वास्थ्य प्रमुख भट्टले बताए ।
जिल्लामा अहिले ३४ जना मात्रै सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ ।