Sagun Khabar
अखिल क्रान्तिकारी शिक्षण संस्थाका भित्तामा लेख्दै 
फोटो : अखिल क्रान्तिकारीले भित्ते लेखन गरेको जगन्नाथ बहुमुखी क्याम्पसको भित्ता
Atrya hospital

बैतडीमा विप्लव नेतृत्वको नेकपाको भातृसंगठन अखिल (क्रान्तिकारी)ले शिक्षणसंस्थाहरुमा भित्ते लेखन गर्न थालेको छ । अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन आउन लागेको भन्दै जिल्लाभरीका शिक्षण संस्थाहरुमा भित्ते लेखन शुरु गरिएको अखिल क्रान्तिकारीका जिल्ला इन्चार्ज सुरेन्द्र धानुकले जानकारी दिए । 
जिल्ला सदरमुकामस्थित जगन्नाथ बहुमुखी क्याम्पसको भित्ता समेत अखिल क्रान्तिकारीले आफ्नो नारा लेखर भित्ता भरेको छ । भर्खरै पेन्टिङ गरेको क्याम्पसको भित्तामा क्याम्पस खुला नभएको बेला लेखेर कुरुप बनाइएको क्याम्पस प्रशासनले जनाएको छ । यो बिषयमा विप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज सहदेवले आफूहरुले सबै ठाउँका शिक्षण संस्थाहरु भित्ते लेखन कार्य गरिरहेको जनाए । आफूहरु जागरण अभियान अन्तर्गत यस्तो गरिएको उनको दाबी छ । 
तर शिक्षण संस्थाका भित्ताहरुमा विद्यार्थीका भातृसंगठनहरुले लेख्दा नराम्रो असर पर्ने बताइएको छ । प्रतिबन्ध फुकुवापछि संगठन विस्तारमा लागेकाले आफूहरुले शिक्षणसंस्थाहरुमा भित्ते लेखन कार्य गरेको इन्चार्ज सहदेवले बताए ।
तर क्याम्पस प्रशासनले भने क्याम्पसको भित्तामा लेख्नु गैरजिम्मेवारी कार्य भएको जनाएको छ । क्याम्पसको नयाँ पेन्टिङ गरेको ठाउँमा यसरी लेख्नु शोभनीय नभएको क्याम्पस प्रमुख पृथ्वीराज अवस्थीले बताए । उनले भने ‘मूलधारको राजनीतिमा आएको पार्टीले शिक्षणसंस्थाका भित्ताहरुमा ओशभनीय किसिम लेख्नु अनुचित हो । यस्तो कार्य राम्रो हुँदैन् ।’

 

प्रकाशित मिति: बुधबार, चैत १८, २०७७  ११:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update