बैतडी –एमसीसी सम्झौता संसदबाट अनुमोदन भएको विरोधमा गरिएको नेपाल बन्दका कारण बैतडीका अधिकांश बजारहरु बन्द गरिएका छन् । बन्दकर्ताहरुले बैतडीको गोठलापानी र शाहीलेकमा टायर बालेर प्रर्दशन गरेका छन् ।
बन्दका कारण गोठलापानी र शाहीलेकका अधिकांश पसल बन्द रहेका छन् । बन्दकर्ताहरुले बिहानै टायर बालेर प्रदर्शन गरेका स्थानीय व्यापारी भुवन चन्दले जानकारी दिए ।
बन्दकर्ताहरुले एमसीसी सम्झौता राष्ट्रघाती भएको भन्दै खारेज गर्न माग समेत गरेका छन् ।
प्रकाशित मिति: सोमबार, फागुन १६, २०७८ ०८:४८
प्रतिक्रिया दिनुहोस्