Sagun Khabar
सेना दिवसको पूर्व सन्ध्यामा बैतडीमा मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न 

बैतडी –महाशिवरात्री पर्व तथा सेना दिवसको पूर्व सन्ध्यामा बैतडीमा सोमबार मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न भएको छ । बैतडीस्थित हनुमानध्वज गुल्मको आयोजनामा  मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न भएको हनुमानध्वज गुल्मका गुल्मपति खिलबहादुर रानाले बताए । 

संयुक्त सुरक्षा फौजको टीम र स्थानीयहरुको टीमबीच भएको भलिबल प्रतियोगितामा संयुक्त सुरक्षा फौंजको टीमले जित हात पारेको छ । प्रतियोगिताका बिजेताहरुलाई प्रमाण पत्र वितरण गरिएको गुल्मपति रानाले बताए । 

Atrya hospital

यस्तै दिवसको अवसर पारेर हनुमानध्वज गुल्मले तीनजना भलिबलका राष्ट्रिय खेलाडीहरुलाई सम्मान गरेको । हरिसिंह भण्डारी, दुर्योधन राना र विक्रम चन्दलाई सम्मान गरिएको रानाले बताए । उनीहरुलाई मायाको चिनो, दोसल्ला र प्रमाणपत्र सहित सम्मान गरिएको हो । 

यस्तै सेना दिवसकै पूर्व सन्ध्यामा संस्कृति संरक्षण गर्ने उद्देश्यका साथ छलिया नाच पनि प्रदर्शन गरिएको गुल्मपति रानाले बताए । यस्तै सैनिक र नागरिकबीचको सम्बन्ध बलियो बनाउनका लागि चालु आर्थिक बर्षमा नेपाली सेनाले गरेका जनहितका कार्यको बारेमा समेत जानकारी दिइएको थियो । 

कार्यक्रममा दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापा, निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारती, सुरक्षा निकायका प्रमुख र अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो ।  
 

प्रकाशित मिति: सोमबार, फागुन १६, २०७८  १३:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update