Sagun Khabar
बैतडी : दनपा १ को कार्यालयमा बन्दकर्ताले गरे तोडफोड 

बैतडी –एमसीसीको विरोधमा नेपाल बन्द गराउँदै हिडेका बन्दकर्ताहरुले बैतडीको दशरथचन्द नगरपालिका वडा नं १ को कार्यालयमा तोडफोड गरेका छन् । 

आज दिउँसो एक्कासी वडा कार्यालयमा पुगेका बन्दकर्ताहरुले वडा कार्यालयका ६ ओटा कुर्सी तोडेका छन् भने टेबुलमा पनि क्षति पुर्याएका छन् । बन्दको दिन कार्यालय खोलेको भन्दै उनीहरुले वडा कार्यालयमा तोडफोड गरेका हुन् । 

Atrya hospital

विप्लव नेतृत्वको नेकपा कार्यकर्ताहरुले वडा कार्यालयमा तोडफोड गरेको हुन सक्ने जनाइएको छ । वडा कार्यालयमा तोडफोडपछि कार्यालय बन्द गरिएको वडाका कर्मचारीहरुले बताएका छन् । 

एमसीसी सम्झौता संसदबाट अनुमोदन गरेको भन्दै ६ ओटा कम्युनिष्ट पार्टी र २ ओटा मोर्चाले आज संयुक्त रुपमा नेपाल बन्दको घोषणा गरेका छन् । बन्दका कारण यातायातका साधन ठप्प छन् भने बजारहरु समेत बन्द गरिएका छन् । 
 

प्रकाशित मिति: सोमबार, फागुन १६, २०७८  १६:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update