कैलाली –नेपाली काँग्रेस कैलालीको सभापति चयनका लागि दोस्रो चरणको मतदान हुने भएको छ । जिल्ला अधिवेशनअन्तर्गत आज भएको मतगणनामा सभापतिका तीन उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको मतदान हुने भएको हो ।
पहिलो चरणको मतगणनाअनुसार सभापतिका उम्मेदवार प्रकाशबहादुर बमले सबैभन्दा बढी मत पाएका छन् । उनले १ हजार १६९ मत पाएका छन् । सभापतिका अर्का उम्मेदवार नारायणदत्त भट्टले १ हजार ७२ र रामबहादुर कलेलले १९७ मत पाएका छन् ।
अब पहिलो चरणमा पहिलो भएका बम र दोस्रो भएका भट्टबीच सभापतिका लागि प्रतिस्पर्धा हुने छ । पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि दोस्रो चरणमा मतदान गरिने निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीले बताए ।
आइतबार भएको पहिलो चरणको मतदानमा २ हजार ४८५ जना प्रतिनिधिले मत खसालेका थिए ।