Sagun Khabar
बुधबार सुदूरपश्चिममा २६९ जनाले कोरोना जिते 
Atrya hospital

बैतडी – बुधबार सुदूरपश्चिममा २६९ जनाले कोरोना जितेका छन् । प्रदेशका विभिन्न जिल्लामा रहेका संक्रमित मध्ये २६९ जनाले कोरोना जितेको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ ।

यस्तै बुधबार प्रदेशभरी कोरोना संक्रमणबाट थप १४ जनाको निधन भएको छ । कैलालीका १० र कञ्चनपुरका ४ जनाको निधन भएको निर्देशनालयको तथ्यांकमा उल्लेख छ ।

यसैगरी प्रदेशभरी बुधबार थप ८५७ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशालामा २ हजार १३७ नमूना परीक्षण गर्दा थप ८५७ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८  ०८:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update