Sagun Khabar
माओवादी केन्द्र सुदूरपश्चिमको अध्यक्षमा चौधरी विजयी 

कैलाली –नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा हरिराम चौधरी ‘उत्सव’ (कैलाली) विजयी भएका छन् । सुदूरपश्चिम प्रदेश सरकारका पर्यटन मन्त्रीसमेत रहेका दार्चुलाका मानबहादुर धामी (सन्तोष)लाई पराजित गर्दै चौधरी विजयी भएका हुन् । 

प्रदेश सम्मेलन उद्घाटन भएको झण्डै ३ महिनापछि सोमबार निर्वाचन प्रणालीमार्फत माओवादी सुदूरपश्चिम प्रदेश कमिटिको चयन गरिएको हो । खसेका २१० मतमध्ये चौधरीले ११४ मत ल्याउँदै विजयी भए भने धामीले ९३ मत पाए । 

Atrya hospital

यस्तै अन्य ८ जना पदाधिकारी पनि मतदानबाटै टुंगो लागेको छ । प्रदेश समितिको उपाध्यक्षमा अछामका अक्कल रावल , डडेल्धुराका मानसिंह माल र बैतडीका रणबहादुर कुँवर विजयी भएका छन् । 

सचिवमा बझाङका जनक बुढा, सह सचिवमा कैलालीका नन्दबहादुर साउद, कञ्चनपुरका  रामबहादुर देवकर र डोटीका अन्जिता श्रेष्ठ चयन भएका छन् । यस्तै कोषाध्यक्षमा बाजुरका कमल कुमारी शाह विजयी भएका छन् । 
 

प्रकाशित मिति: मंगलबार, फागुन १७, २०७८  ०७:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update