Sagun Khabar
महशिवरात्रीको अवसरमा बैतडीका शिवालयमा भक्तजनको घुइँचो  

बैतडी – महाशिवरात्रीको अवसरमा देशभरका शिवालयहरुमा भक्तजनको घुइँचो लागेको छ । बैतडीका विभिन्न शिवालयहरुमा बिहानैदेखि भक्तजनको भीड लागेको स्थानीयहरुले बताएका छन् । सुर्नया गाउँपालिका २ स्थित पौराणिक तथा ऐतिहासिक महत्व बोकेको पातालभुवनेश्वर धाममा बिहानैदेखि भक्तजनको भीड लागेको स्थानीयहरुले बताएका छन् । 

यस्तै जिल्लाको डिलाशैनी गाउँपालिका ६ स्थित गोकुलेश्वर महादेव मन्दिर, पाटनस्थित स्वर्गेनी पीपल, खोड्पे शिवमन्दिरमा दर्शनार्थीहरुको भीड लागेको छ । 

Atrya hospital

यस्तै सुर्नया गाउँपालिका ६ स्थित शिवमन्दिरमा बिहानैदेखि भक्तजन आइरहेका शंकर संस्कृत मावि मूलखटालीका शिक्षक परमानन्द अवस्थीले बताए । विद्यालयका शिक्षक र विद्यार्थीहरुको अगुवाईमा भजन कार्यक्रम सञ्चालन भईरहेको उनले बताए । 

यस्तै दशरथचन्द नगरपालिका स्थित देवलहाटमा पनि शिवरात्रीको अवसरमा भव्य मेला लागेको स्थानीय गणेशदत्त भट्टले बताए । 

यस्तै पाटन नगरपालिकाको गणेशस्थान लगायतका मन्दिरमा बिहानैदेखि भक्तजनहरुको भीड लागेको छ । 
 

प्रकाशित मिति: मंगलबार, फागुन १७, २०७८  १०:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update