कैलाली –नेपाली काँग्रेस कैलालीको सभापति चयनका लागि दोस्रो चरणको मतदान फागुन १९ गते हुने भएको छ । जिल्ला अधिवेशनअन्तर्गत सोमबार भएको मतगणनामा सभापतिका तीन उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको मतदान हुने भएको हो ।
आज विहान सभापतिका दुई उम्मेदवार र निर्वाचन समितिबीच छलफल भएको र १९ गतेका लागि दोस्रो चरणको मतदान तय भएको निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीले जानकारी दिए ।
पहिलो चरणको मतगणनाअनुसार सभापतिका उम्मेदवार प्रकाशबहादुर बमले सबैभन्दा बढी मत पाएका थिए । बमले एक हजार १६९ मत प्राप्त गर्दा सभापतिका अर्का उम्मेदवार नारायणदत्त भट्टले एक हजार ७२ र रामबहादुर कलेलले १९७ मत पाएका थिए ।
अब सभापतिका लागि बम र भट्टबीच प्रतिस्पर्धा हुनेछ ।
प्रकाशित मिति: मंगलबार, फागुन १७, २०७८ १३:१३
प्रतिक्रिया दिनुहोस्