कैलाली – विवेकशील साझा पार्टीका सुदूरपश्चिम संयोजक गोपाल हमालले पार्टीबाट राजीनामा दिएका छन् । हमालले आजकै मितिदेखि लागू हुने गरी पार्टीको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएका हुन् ।
धनगढीका बासिन्दाले फेरी स्वतन्त्र भएर उम्मेद्वार बन्न आग्रह गरेको र आफूले अन्तिम पटकका लागि स्थानीय निर्वाचनमा लड्ने तयारी गरेकाले पार्टीबाट राजीनामा दिएको उनले राजीनामा पत्रमा उल्लेख गरेका छन् । धेरै लामो समय सम्म राजनीतिमा लाग्ने आफ्नो सोच नरहेको हमालले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।
हमाल २०७४ साउन २८ गतेदेखि विवेकशील साझा पार्टीमा प्रवेश गर्दै सुदूरपश्चिम प्रदेश संयोजकको जिम्मेवारीमा रहेका थिए । हमाल सुन्दर सुदूरपश्चिम अभियानका अभियन्ता पनि हुन् ।
प्रकाशित मिति: मंगलबार, फागुन १७, २०७८ १४:३४
प्रतिक्रिया दिनुहोस्