Sagun Khabar
भोलि (बिहीवार) सार्वजनिक बिदा 
Atrya hospital

बैतडी-भोलि बिहीवार सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शेर्पा समुदायको ग्याल्पो ल्होसारको अवसरमा भोलि सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले सूचना निकालेर जनाएको हो ।

मन्त्रालयको सूचनाअनुसार भोलि सबै सरकारी कार्यालय, सार्वजनिक सङ्घ–संस्था बन्द हुने भएका छन् । यही फागुन १६ गते बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार सार्वजनिक बिदा दिइएको मन्त्रालयका सूचना अधिकारीले निकाल्नुभएको विज्ञप्तिमा भनिएको छ ।  

प्रकाशित मिति: बुधबार, फागुन १८, २०७८  १६:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update