Sagun Khabar
बैतडीमा महिला नेतृत्व मञ्चको कार्यालय स्थापना 

बैतडी– बैतडीमा महिला नेतृत्व मञ्चको कार्यालय स्थापना गरिएको छ । दशरथचन्द नगरपालिकामा रुडेस बैतडीले अक्सफाम नेपालको सहयोग र नगरपालिकाको समन्वयमा कार्यालय स्थापना गरेको हो । 

बिहीबार एक कार्यक्रमकाबीच दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाले कार्यालयको उद्दघाटन गरेका छन् । कार्यालयको उद्दघाटन गर्दै नगर प्रमुख थापाले महिला नेतृत्व मञ्चले महिलाहरुको नेतृत्व तहमा पहुँच स्थापित गर्नका लागि सहयोग पुग्ने बताए । 

Atrya hospital

यस्तै दशरथचन्द नगरपालिकाका उपप्रमुख मीना चन्दले राजनीतिमा महिलाहरुको अर्थपूर्ण सहभागिताका लागि महिला नेतृत्व मञ्चले सहयोग गर्ने दाबी गरिन् । उनले भनिन् ‘महिलाहरुको नेतृत्व तहमा अझै सोचे अनुसार नेतृत्व स्थापना हुन सकेको छैन् । त्यसैले यो मञ्चले महिलाहरुको नेतृत्व विकासमा सहयोग पुग्ने विश्वास गरेका छौं ।’

महिला नेतृत्व मञ्चको कार्यालय स्थापनासंगै महिला नेतृत्व मञ्चका पदाधिकारीहरुलाई कम्प्युटर, प्रोजेक्टर लगायतका सामग्री हस्तान्तरण गरिएको छ । रुडेस बैतडीले ती सामग्रीहरुको व्यवस्थापन गरेको हो । 

महिला नेतृत्व मञ्चका सहभागीहरुलाई महिलाको हक अधिकारका बिषयमा छलफल र पैरवी गर्न सहज होस भनेर उपकरण हस्तान्तरण गरिएका रुडेस बैतडीका कार्यकारी निर्देशक गोविन्दराज जोशीले बताए । 

महिला नेतृत्व मञ्चको गठन र कार्यालय स्थापनासंगै महिलाहरुलाई नेतृत्व तहमा पुग्नका लागि सहज हुने दशरथचन्द नगरपालिकास्तरीय नेतृत्व मञ्चका संयोजक अनिता ज्ञवालीले बताइन् । उनले भनिन् ‘यो मञ्च स्थापना भएपछि हामीहरुलाई छलफल पैरवी गर्न सहज भएको छ । महिलाका हक अधिकार र संविधानमा भएका व्यवस्थाका बारेमा अध्ययन र छलफल गर्न थालेका छौं ।’
 

प्रकाशित मिति: बिहीबार, फागुन १९, २०७८  १६:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update