बैतडी –बैतडीमा टोल समिति गठनमा तीव्रता नेपाली कांग्रेसले वडाका टोलहरुमा समिति गठन गरिरहेको छ । सुर्नया गाउँपालिका वडा नं ८ का चारओटै टोलमा टोल समिति गठन गरिएको नेपाली कांग्रेस सुर्नया गाउँपालिका वडा नं ८ का वडाकार्यसमिति सचिव तेजन बोहराले बताए ।
ढोले टोलमा नरबहादुर बोहराको अध्यक्षतामा ४१ सदस्यीय, दोरा टोलमा नरबहादुर महराको अध्यक्षतामा १७ सदस्यीय,सेला टोलमा खडकबहादुर बोहराको अध्यक्षतामा २६ सदस्यीय र कठमडा टोलमा राधिका साउँदको अध्यक्षतामा २२ सदस्यीय टोल समिति गठन गरिएको सचिव बोहराले बताए ।
टोल टोलमा समिति गठन गरेर संगठन विस्तार अभियानलाई तीव्रता दिएको कांग्रेसका वडा सभापति भान बोहराले बताए ।
प्रकाशित मिति: बिहीबार, फागुन १९, २०७८ १७:०७
प्रतिक्रिया दिनुहोस्