कैलाली – नेपाली काँग्रेस कैलालीको सभापति चयनका लागि भएको दोस्रो चरणको मतदान सकिएपछि मतगणना सुरु भएको छ ।
पाँचवटै क्षेत्रका मत पाँच ठाउँमा गणना गर्न थालिएको निर्वाचन समितिले जनाएको छ । गणना आजै सकिने बताइएको छ । जिल्लामा कूल २ हजार ५७६ जना प्रतिनिधि रहेकोमा दोस्रो चरणको निर्वाचनमा २ हजार ४६७ मतदाताले मतदान गरेका छन् ।
पहिलो चरणमा भएको निर्वाचनबाट कुनै उम्मेदवारले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि सभापति पदका लागि दोस्रो चरणमा मतदान भएको हो ।
दोश्रो चरणको चुनावमा नारायणदत्त भट्ट र प्रकाश बमबीच प्रतिस्पर्धा भएको हो । पहिलो चरणमा आइतबार भएको निर्वाचनमा प्रकाश बम, नारायणदत्त भट्ट र रामबहादुर कलेल प्रतिस्पर्धामा उत्रिएका थिए ।
प्रकाशित मिति: बिहीबार, फागुन १९, २०७८ १७:३४
प्रतिक्रिया दिनुहोस्