Sagun Khabar
बैतडीमा कोरोना विरुद्ध ‘बुस्टर डोज’लगाउनेको संख्या कम 

बैतडी –बैतडीमा कोरोना विरुद्धको बुस्टर डोज लगाउनेको संख्या कम रहेको छ । खोपको दुवै मात्रा लगाएका नागरिकलाई सरकारले बुस्टर डोज दिने भनेपनि बुस्टर डोज लगाउनेको संख्या कम रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । 

जिल्लामा कोरोना विरुद्ध पूर्ण खोप लगाउने नागरिकको संख्या ६४ प्रतिशत पुगेको भएपनि बुस्टर डोज लगाउनेको संख्या ५ प्रतिशत मात्रै रहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । कोरोना विरुद्धको दोश्रो मात्रा लगाएको ६ महिना पूरा भएका नागरिकले बुस्टर डोज लगाउनुपर्ने उनले बताए । अहिले पनि नजिकका स्वास्थ्य संस्थाहरुमा कोरोना विरुद्ध खोप लगाउने जारी रहेकाले खोप नलगाएका नागरिकलाई खोप लगाउन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ । 

Atrya hospital

यसका साथै जिल्ला अस्पतालमा दैनिक खोप केन्द्र सञ्चालन भईरहेकाले जिल्ला अस्पतालमा पायक पर्ने नागरिकलाई जिल्ला अस्पतालको खोप केन्द्रमा पुगेर खोप लगाउन आग्रह गरिएको छ । कोरोना विरुद्धको पूर्ण खोप लगाउनेको संख्या अनुसार बुस्टर डोज लगाउनेको संख्या कम भएको बताइएको छ । बुस्टर डोज लगाउनका लागि धेरै नागरिकले नमानेको बताइएको छ । 

खोपको जिल्लामा पार्याप्त उपलब्धता भएकाले कोरोना विरुद्धको खोप लगाउन स्वास्थ्य प्रमुख भट्टले आग्रह गरे । कोरोना विरुद्धको खोप लगाएमा संक्रमणको जोखिम कम हुने र संक्रमण भईहालेमा पनि जटीलता कम हुने स्वास्थ्यकर्मीहरुले बताएका छन् । 

प्रकाशित मिति: शुक्रबार, फागुन २०, २०७८  ०७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update