Sagun Khabar
दार्चुलामा नेपाल –भारत जोड्ने मोटरेबल पुल निर्माण हुने 
Atrya hospital

दार्चुला – दार्चुलामा नेपाल–भारत जोड्ने गरी मोटरेबल पुल निर्माण सुरु हुने भएको छ । महाकाली नगरपालिका–८ अस्खेडा बगर र भारततर्फ बलुवाकोट नजिकको थार्चुम बगर जोड्ने महाकाली नदीमाथि पुल बनाउन लागिएको हो । 

यो पुलले नेपालको सुदूरपश्चिम प्रदेश र भारतको उत्तराखण्ड राज्यबीचको सीमापार ‘कनेक्टिभिटी’लाई सुदृढ बनाउनाका साथै दुवैतर्फको सीमा समुदायबीच रहेको सम्पर्कलाई थप मजबुत बनाउने भारतीय दूतावासले जनाएको छ । पुल निर्माणका लागि लामो समयदेखि प्रयास भइरहेको थियो । 

महाकाली नदीमाथि मोटरेबल पुल निर्माण हुनेभएपछि स्थानीयहरुले आवतजावतमा सजिलो हुने आसा गरेका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, फागुन २०, २०७८  ११:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update