Sagun Khabar
बैतडीमा जिप व्यवसायीको मनोमानी भाडा, यात्रुलाई सास्ती 

बैतडी –बैतडीमा छोटो दुरीमा सञ्चालन हुने जिप व्यवसायीले मनोमानी भाडा असुल गर्दा यात्रुहरु समस्यामा परेका छन् । सतबाँझदेखि गोठलापानी सम्मको डेढसय देखि दुई सय सम्म भाडा असुल्ने गरेको यात्रुहरुले बताएका छन् । पछाडी यात्रु बोक्न नपाएको भन्दै जिप व्यवसायीले मनोमानी भाडा असुल गर्ने गरेका हुन् । 

यस्तै ग्रामीण कच्ची सडकहरुमा पनि जिप व्यवसायीले मनोमानी भाडा असुल गर्ने गरेको आरोप लागेको छ । सतबाँझदेखि सुर्नया गाउँपालिकाको रीगा सम्म चार सय भाडा असुल गर्ने गरिएको छ । छोटो दुरीमै मनोमानी भाडा असुल गर्दा यात्रुहरु भने मारमा परेका छन् । 

Atrya hospital

यो बिषयमा ट्राफिक प्रहरीले भने बढी भाडा लिएको पाइएमा उजुरी दिन आग्रह गरेको छ । आफूहरु कहाँ बढी भाडाका बिषयमा गुनासो नआएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका निमित्त प्रमुख लोकेन्द्र रावलले बताए । उनले भने ‘हामी सोध्दा समेत बढी भाडा लिएको बिषयमा यात्रुहरुले केही भन्दैनन् ।’

तोकिएको भन्दा बढी भाडा लिएको पाइएमा कानुन अनुसार कारवाही गर्ने ट्राफिक प्रहरीको दाबी छ । तर जिप व्यवसायीले भने यात्रुहरुलाई दबाब दिएरै बढी भाडा असुल गर्ने गरेका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, फागुन २०, २०७८  १२:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update