Sagun Khabar
कांग्रेस बैतडीले गठन गर्यो कार्यसम्पादन समिति

बैतडी –नेपाली कांग्रेस बैतडीले विधान अनुसार कार्य सम्पादन समिति गठन गरेको छ । जिल्ला सभापति चतुरबहादुर चन्दको संयोजकत्वमा २५ सदस्यीय जिल्ला कार्य सम्पादन समिति गठन गरिएको नेपाली कांग्रेस बैतडीका सचिव प्रेमबहादुर चन्दले बताए । समितिमा ८ जना पछि मनोनित गरिने उनले बताए । 

कार्य सम्पादन समितिमा पार्टीका पदाधिकारीका साथै अन्य नेताहरुलाई राखिएको सचिव चन्दले बताए । पाटनमा शुक्रबार सम्पन्न जिल्ला कार्यसमितिको तेश्रो बैठकले यही फागुन २८ गतेदेखि घर–घरमा कांग्रेस, जन–जनमा कांग्रेस अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ । यो अभियान एक महिना सम्म जिल्लाभरी सञ्चालन गरिने सचिव चन्दले बताए । 

Atrya hospital

यस्तै फागुन २६ गते शिवनाथको सुल्लेखानमा आमसभाको आयोजना गर्ने र त्यसमा कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेको सहभागिता रहने जिल्ला सचिव चन्दले बताए । 

जिल्ला कार्य सम्पादन समितिका सदस्यहरुको नामावली 

प्रकाशित मिति: शुक्रबार, फागुन २०, २०७८  १५:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update