Sagun Khabar
बैतडीको पाटन नगरपालिका ४मा वडा कार्यालय भवन निर्माण, सांसद भण्डारीले गरे उद्दघाटन 

बैतडी – बैतडीको पाटन नगरपालिका वडा नं ४ को नयाँ भवन निर्माण कार्य सम्पन्न भएको छ । ५७ लाखको लागतमा वडा कार्यालयको दुई तले प्रशासकीय भवन निर्माण गरिएको वडा अध्यक्ष दीपक बिष्टले बताए । 

वडा कार्यालयको भवन निर्माण भएसंगै वडा कार्यालयका सेवा सञ्चालनमा सहजता हुने विश्वास गरिएको छ । 

Atrya hospital

शुक्रबार एक कार्यक्रमकाबीच वडा कार्यालय भवनको उद्दघाटन गरिएको छ । बैतडीबाट निर्वाचित संघीय सांसद दामोदर भण्डारीले नवनिर्मित भवनको उद्दघाटन गरेका हुन् । 

वडा कार्यालय भवन उद्दघाटन समारोहमा संघीय सांसद भण्डारीका साथै पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्द, उपप्रमुख सरस्वती कोली, नगर प्रवक्ता लोकबहादुर भण्डारी लगायतको उपस्थिती रहेको थियो । 
 

प्रकाशित मिति: शुक्रबार, फागुन २०, २०७८  १७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update