Sagun Khabar
बैतडीको दनपा २ मा दश बेडको आइसोलेसन कक्ष 
फोटो :निङ्गलाशैनी मावि देहीमाण्डौंमा बनाइएको १० बेडको आइसोलेसन कक्ष 

बैतडी –बैतडीको दशरथचन्द नगरपालिका वडा नं २ को कार्यालयले १० बेडको आइसोलेसन तयार पारेको छ । निङ्गलाशैनी मावि देहीमाण्डौंमा दश बेडको आइसोलेसन सञ्चालनमा ल्याइएको वडा अध्यक्ष रनबहादुर बोहराले बताए ।

वडाभित्र कोरोना संक्रमित बढ्दै गएकाले संक्रमितहरुलाई राख्नका लागि आइसोलेसन कक्ष निर्माण गरिएको उनले बताए । उनले भने ‘हामीले निङ्गलाशैनी माविको भवनमा दश बेडको आइसोलेसन तयार पारेका छौं । कोरोना संक्रमितहरुलाई आइसोलेसनमा बसीदिन आग्रह गर्दछु ।’

Atrya hospital

केही दिन पहिला बसेको नगरकार्यपालिकाको बैठकले प्रत्येक वडामा आइसोेलेसन कक्ष बनाउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार वडामा आइसोलेसन निर्माण गरिएको वडा अध्यक्ष बोहराले बताए  । संक्रमितहरुलाई आइसोलेसनमा बस्न पनि उनले आग्रह गरे । 

कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागि आइसोलेसन निर्माण गरिएको हो । यसका निषेधाज्ञाको पूर्ण पालना गरी स्वास्थ्यका मापदण्ड अपनाउन पनि वडा कार्यालयले आग्रह गरेको छ । 

यसअघि दशरथचन्द नगरपालिका वडा नं ९ को कार्यालय पनि आइसोलेसन कक्ष निर्माण गरेको थियो । दशरथचन्द नगरपालिकाभित्रका वडाहरुलाई आइसोलेसन निर्माणका लागि निर्देशन गरिसकेको नगर प्रमुख नरेन्द्रसिंह थापाले बताए । 

 

प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८  १५:११
प्रतिक्रिया दिनुहोस्
Weather Update