बैतडी – बैतडीको शिवनाथ गाउँपालिका वडा नं १ मा कांग्रेसको कार्यकर्ता भेला सम्पन्न भएको छ । कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दको उपस्थितीमा भेला सम्पन्न भएको नेपाली कांग्रेस बैतडीका सचिव प्रेमबहादुर चन्दले बताए ।
कांग्रेसले अहिले टोलटोलमा कार्यकर्ता भेला राखेकाले सोही अनुसार गाउँगाउँमा नेताहरु परिचालन भएका सचिव चन्दले बताए ।
भेलामा समाजसेवी बल्देवसिंह चाड, प्रताराम तिरुवा लगायतका ५६ जनाले पार्टी प्रवेश गरेको सचिव चन्दले बताए ।
कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले लोकतन्त्रको रक्षाका लागि नेपाली कांग्रेस रोज्नुपर्ने बताए । देशमा सिर्जित समस्या समाधानका लागि जहिले पनि कांग्रेसको नेतृत्व अग्रसर रहेको भन्दै उनले आगामी चुनावमा कांग्रेसलाई जिताउन आग्रह गरे ।