बैतडी –बैतडीको पाटनमा एकीकृत कृषि बजार भवन निर्माण गरिएको छ । कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्र सुन्दरपुर कञ्चनपुरले ठेक्का मार्फत भवन निर्माण गरेको हो । ३६ लाख ५१ हजारको लागतमा भवन निर्माण कार्य सम्पन्न गरिएको कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्र सुन्दरपुरका प्रमुख टीकाराम थापाले बताए ।
किसानहरुले उत्पादन गरेको कृषि उपजलाई बजारीकरण गर्न सजिलो होस भनेर भवन निर्माण गरिएको उनले बताए । शनिबार एक कार्यक्रमको आयोजना गरेर भवन नगरस्तरीय कृषि बजार तथा व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ । नगरपालिकाको रहोबरमा समितिलाई भवन हस्तान्तरण गरिएको हो ।
भवन हस्तान्तरण कार्यक्रममा प्रदेशको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनितादेवी चौधरीको समेत उपस्थिती रहेको थियो ।
भवन निर्माण भएपछि किसानहरुले उत्पादन गरेको तरकारी, फलफूल लगायतका उपजहरुलाई एकीकृत रुपमा बजारीकरण गर्न सहज हुने बताइएको छ ।