कैलाली –प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनबाट कृष्ण ओलीको नेतृत्वमा ५१ सदस्यीय नयाँ कमिटि गठन भएको छ । शनिबार धनगढीमा सम्पन्न भएको अधिवेशनले चौतारीको नयाँ टिम चयन गरेको हो ।
सर्वसम्मत रुपमा ओलीको नेतृत्वमा गठन भएको कमिटिको उपाध्यक्षमा लिली कुवर र हरिशचन्द्र बाग चयन भएका छन् । यस्तै महासचिवमा शिवराज भट्ट, सचिवमा नरेन्द्र कार्की र रामचन्द्र कुश्मी चयन भएका छन् । कमिटिको कोषाध्यक्षमा चन्द्र थापा चयन भएका छन् ।
प्रकाशित मिति: शनिबार, फागुन २१, २०७८ १८:३०
प्रतिक्रिया दिनुहोस्