Sagun Khabar
दशरथचन्द बैतडी विद्यार्थी समाज कैलालीको अध्यक्षमा चन्द 
Atrya hospital

बैतडी – दशरथचन्द बैतडी विद्यार्थी समाज कैलालीको अध्यक्षमा चेतन विक्रम चन्द चयन भएका छन् । शनिबार सम्पन्न भएको भेलाले कैलाली बहुमुखी क्याम्पसमा अध्यनरत चन्दको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो । 

उक्त समितिको उपाध्यक्षमा त्रिनगर माविका विशाल भट्ट र सुदुरपश्चिमान्चल एकेडेमीकी आस्था चन्द, सचिवमा कैलाली बहुमुखी क्याम्पसकी ललिता ओझा, कोषाध्यक्षमा रोसन कुँवर, सह–सचिवमा राकेश मडै, सहकोषाध्यक्षमा निर्मला अवस्थी चयन भएका छन् । यस्तै करुणा चन्द, प्रतिभा भण्डारी, सरस्वती महरा, कविता भण्डारी, श्रुती चन्द र प्रविन बिष्ट रहेका छन् । 

२०७५ सालमा स्थापना भएको समाजले भाषा, कला, संस्कृति र पर्यटन विकासका लागि सहयोग गर्ने, अध्ययनका लागि बैतडीबाट तराई पुगेका विद्यार्थीहरुका लागि सहयोग गर्दै आईरहेको छ । 

प्रकाशित मिति: आइतबार, फागुन २२, २०७८  १३:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update