Sagun Khabar
बैतडी कांग्रेसले ‘घर–घरमा कांग्रेस,जन–जनमा कांग्रेस’अभियान सञ्चालन गर्ने 

बैतडी – नेपाली कांग्रेसले बैतडीमा ‘घर–घरमा कांग्रेस, जन–जनमा कांग्रेस’अभियान सञ्चालन गर्ने भएको छ । आगामी चुनावलाई लक्षित गर्दै अभियान सञ्चालन गर्ने तयारी भएको नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले बताए । 

जिल्लामा टोल समिति विस्तार अभियान जारी रहेको र अब घर घरमा पुग्ने अभियान शुरु हुने उनले बताए । उनले भने ‘हामीले पार्टीको जिल्ला कार्यसमितिको तेश्रो बैठकबाट घरघरमा कांग्रेस, जनजनमा कांग्रेस अभियान सञ्चालन गर्ने निर्णय गरिसकेका छौं । सोही निर्णय अनुसार पार्टीका नेता कार्यकर्ता सहित घरघरमा पुग्छौं ।’

Atrya hospital

यही फागुन २८ गतेदेखि एक महिना सम्म अभियान सञ्चालन गर्ने तयारी भएको नेपाली कांग्रेस बैतडीका सचिव प्रेमबहादुर चन्दले बताए । संगठन विस्तार र सुदृढीकरणका लागि अभियान सञ्चालन गर्ने तयारी भएको चन्दले बताए । 
नेपाली कांग्रेस सिद्धान्त, निती र विचारलाई आम मानिसमा पुर्याउनका लागि अभियान सञ्चालनको तयारी भएको नेपाली कांग्रेस बैतडीले जनाएको छ । 

आगामी निर्वाचनमा पार्टीलाई बहुमत दिलाउनका लागि प्रत्येक वडा, टोल र घरमा पुग्ने अभियान सञ्चालन गरिने सभापति चन्दले बताए । देशका ठूला परिवर्तन नेपाली कांग्रेसको नेतृत्वमा भएको र अब विकासको श्रृंखला पनि नेपाली कांग्रेसकै नेतृत्वमा जोड्नुपर्ने भएकाले अभियान सञ्चालनको तयारी भएको उनले बताए । 

जिल्ला कार्य समिति पार्टीका केन्द्रिय नेताहरुलाई बोलाएर विभिन्न ठाउँमा आमसभा गर्ने निर्णय समेत गरेको सभापति चन्दले बताए ।  
 

प्रकाशित मिति: आइतबार, फागुन २२, २०७८  १६:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update