बैतडी –नेपाली कांग्रेस पुर्चौंडी नगरकार्य समितिले नगरपालिकाको वडा नं ७ मा पार्टीको वडा कार्यालय उद्दघाटन गरेको छ । आगामी चुनावलाई लक्षित गरेर टोल प्रशिक्षण अभियान सञ्चालन भईरहेको र वडा कार्यालयहरु स्थापना गर्ने कार्य पनि भईरहेको नेपाली कांग्रेसकी महाधिवेशन प्रतिनिधि पुनम पाल बमले बताइन् ।
वडा सभापति रामबहादुर ऐरको अध्यक्षतामा भएको वडा कार्यालय उद्दघाटन कार्यक्रममा नेपाली कांग्रेसका नेता, कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
टोल टोलमा जागरण गराउने उद्देश्यले कांग्रेसले अभियान सञ्चालन गरेकाले सोही अनुसार वडा कार्यालय स्थापना गरेर संगठन विस्तार अभियान थालिएको उनले बताइन् ।
प्रकाशित मिति: आइतबार, फागुन २२, २०७८ १८:११
प्रतिक्रिया दिनुहोस्