बैतडी –नेकपा एमालेको भातृसंगठन नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन बैतडीको प्रथम अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले चन्द्रबहादुर टेरको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला कमिटि चयन गरेको एमालेका दशरथचन्द नगरकमिटि सचिव मनोज बोहराले बताए ।
सो कमिटिको उपाध्यक्षमा देवबहादुर चन्द, सचिवमा भानबहादुर बोहरा,उपसचिवमा नरेन्द्र प्रसाद भट्ट लगायत अन्य सदस्यहरु रहेका छन् ।
यस्तै यही फागुन २५ गते हुने प्रदेश अधिवेशनका लागि जिल्लाबाट ६ जना प्रदेश प्रतिनिधि चयन भएका बताइएको छ । किसनसिंह गुरु, कर्णबहादुर केसी,चन्द्रबहादुर टेर, देवबहादुर चन्द, भानबहादुर बोहरा र शेरसिंह कार्कीलाई प्रदेश प्रतिनिधिमा चयन गरेको सचिव बोहराले बताए ।
संगठनको अधिवेशन समारोहमा एमालेका केन्द्रिय सदस्य लिलाधर भट्ट, प्रदेश कमिटि सदस्यद्वय पुस्करराज जोशी (लख्खाभाई) र मोहन थापा लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।