Sagun Khabar
बैतडीमा बजार अनुगमन, फागुनमा मात्रै २४ व्यवसायी कारवाहीमा 

बैतडी –बैतडीमा संयुक्त बजार अनुगमन टोलीले बजार अनुगमन कार्य जारी राखेको छ । फागुनमा मात्रै अहिले सम्म अनुगमनका क्रममा २४ जना पसले कारवाहीमा परेका खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख प्रवीनकुमार अधिकारीले बताए । 

अनुगमनका क्रममा अखाद्य तथा म्याद गुज्रेका सामग्री विक्रि वितरण गर्ने २४ जना पसलेबाट १ लाख २० हजार जरीवाना असुल गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए । 

Atrya hospital

जिल्लाका विभिन्न स्थानीय तहसंग मिलेर बजार अनुगमन कार्य जारी रहेको बताइएको छ । जिल्लाको डिलाशैनी, दोगडाकेदार र सुर्नया गाउँपालिकाका विभिन्न बजारहरुमा फागुनको महिना अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

यस्तै बजार अनुगमनका क्रममा खाद्य वस्तुका ४७ ओटा नमूना संकलन गरिएका खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख अधिकारीले बताए । संकलन गरिएका नमूनाहरुलाई धनगढीको प्रयोगशालामा परीक्षण गरिने उनले बताए । परीक्षणका क्रममा नमूनाहरु प्रतिकुल आएमा त्यस्ता खाद्य सामग्री विक्रि गर्नेलाई कारवाहीको दायरामा ल्याउने अधिकारीको भनाई छ । 

उपभोक्ताहरुलाई पनि सामानको उपभोग्य मिति हेरेर खरीद गर्न स्थानीय प्रशासनले आग्रह गरेको छ । उपभोक्ता अधिकारका बिषयमा सबैले सचेत हुनुपर्नेमा भारतीले जोड दिए । 
 

प्रकाशित मिति: सोमबार, फागुन २३, २०७८  १३:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update