Sagun Khabar
बैतडीको सुर्नयामा आगलागि हुँदा खर जलेर नष्ट, ३० हजार बढीको क्षति 
Atrya hospital

बैतडी –बैतडीको सुर्नया गाउँपालिका वडा नं ७ मा आगलागि हुँदा एकजनाको थुपारेको खर जलेर नष्ट हुँदा ३० हजार बढीको क्षति भएको छ । 

वडा नं ७ को खाडा टोलमा स्थानीय भवानीदत्त अवस्थीको घर नजिकै रहेका खरको थुप्रोमा आगलागि भएको वडा अध्यक्ष भक्तबहादुर कुँवरले बताए । 

घरमा कोही नभएका बेला स–साना दुईजना बालबालिकाले आगो सल्काउँदा आगलागि भएको वडा अध्यक्ष कुँवरले बताए । आगलागि हुने बित्तिकै गाउँका मानिसहरुले थाहा पाएपछि ठूलो क्षति हुन नपाएको बताइएको छ । आइतबार साँझ भएको आगलागि स्थानीयहरुले नियन्त्रणमा लिएका थिए ।  
 

प्रकाशित मिति: सोमबार, फागुन २३, २०७८  १५:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update