बैतडी –नेपाली कांग्रेस दोगडाकेदार गाउँपालिका समितिले दोगडाकेदार गाउँपालिकासंग अहिले सम्म विनियोजित भएको बजेटको विवरण माग गरेको छ । यसअघि २०७७ साल साउन २७ गते पनि पालिकालाई सूचना माग गरिएकाले अहिले सम्म सूचना नपाएको भन्दै सूचना प्राप्तिका लागि फेरी पत्राचार गरिएको हो ।
नेपाली कांग्रेस दोगडाकेदार गाउँपालिका समितिको बैठकको निर्णय अनुसार आर्थिक बर्ष २०७४÷७५ देखि २०७८ ÷७९ सम्म विनियोजित बजेट, योजना र उपभोक्ता समितिको विवरण माग गरिएको नेपाली कांग्रेस बैतडीका सदस्य केशवराज जोशीले बताए ।
दोगडाकेदार गाउँपालिकाले यो भन्दा पहिला पनि सूचना दिन आनाकानी गरेको कांग्रेसले आरोप लगाएको छ ।
प्रकाशित मिति: सोमबार, फागुन २३, २०७८ १६:१७
प्रतिक्रिया दिनुहोस्