Sagun Khabar
बैतडीका नवीन र गौरालाई सहयोग रकम हस्तान्तरण 

बैतडी –बैतडीको पाटन नगरपालिका ४  जेउडेका साहराविहिन नवीन र गौरा लावडलाई बिहीबार सहयोग रकम हस्तान्तरण गरिएको छ । रेडियो निङ्गलाशैनीका प्रबन्ध निर्देशक एवं सामाजिक अभियान्ता महेश अवस्थीले विभिन्न सहयोगीबाट संकलन गरेको रकम शिवांश हेल्प फाउण्डेसन मार्फत हस्तान्तरण गरेका हुन् । 

आमा बुवा गुमाएका नवीन लावड र गौरा लावडको बैंकमा खाता खोलेर १ लाख ९० हजार ९६ रुपैंया जमा गरिएको अवस्थीले बताए । उनले भने ‘विभिन्न सहयोगीहरुबाट सहयोग रकम संकलन गरेर साहराविहिन बालबालिकाहरुलाई हस्तान्तरण गरेका छौं । सहयोगी महानुभावहरुलाई अझै पनि सहयोग गर्न आग्रह गर्दछु ।’

Atrya hospital

रकम बैंकमा जमा गरी उनीहरुलाई जमा गरेको भौचर हस्तान्तरण गरिएको हो । १० महिना अघि आमा गुमाएका नवीन र गौराको बुवाको यही वैशाख १० गते मृत्यु भएपछि उनीहरुको विचल्ली भएको थियो ।

 टुहुरा बालबालिकाहरुलाई समस्या भएको कुरा बाहिर आएपछि आफूले सहयोग अभियान सञ्चालन गरेर रकम संकलन गरेको अवस्थीले बताए । संकलित रकमले नवीन र गौराको पढाई र अन्य खर्चमा केही सहयोग पुग्ने उनले बताए । उनले भने ‘नवीन र गौराको दीर्घकालिन रूपमा पढाइको लागि सघं संस्थाहरूसंग आग्रह गरिरहेका छौ । कोभिडले गर्दा निस्कर्षमा पुगेका छैनौं । सकेसम्म पढाइदिने संस्थाहरूसंग सल्लाह गरेर जिम्मा लगाउने प्रयासमा छौ ।’

 

प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८  १५:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update