बैतडी –नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले सुर्नया गाउँपालिका वडा नम्बर ३ कमिटिमा पार्टी कार्यालय उद्दघाटन गरेको छ ।
माओवादी केन्द्र बैतडीका संयोजक प्रेमप्रकाश भट्ट (आदित्य)को प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरेर वडाको खल्लेक बजार स्थित एकभवनमा सोमबार पार्टी कार्यालय उद्घाटन गरिएको हो ।
वडा कमिटि उपाध्यक्ष तारा दत्त भट्टको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्र सुर्नया गाउँकमिटि इन्चार्ज नरि भाट , अध्यक्ष राम बहादुर विष्ट , लगायत अन्य नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
पार्टी कार्यालय उद्दघाटन कार्यक्रममा बोल्दै संयोजक भट्टले पार्टीका गतिविधि चलायमान बनाउन कार्यालय स्थापना भएपछि सहज हुने बताए । माओेवादी केन्द्र सुर्नया गाउँकमिटिले सम्पर्क कार्यालय स्थापना गरेर अन्य वडामा पनि पार्टी कार्यालय स्थापना गर्ने जनाएको छ ।