Sagun Khabar
बैतडीको पञ्चेश्वरमा सचेतनामूलक सांस्कृतिक महोत्सव 

बैतडी –बैतडीको पञ्चेश्वरमा सचेतनामूलक सांस्कृतिक महोत्सव आयोजना गरिएको छ । पञ्चेश्वर गाउँपालिकाको आयोजना तथा ग्रामीण जलश्रोत व्यवस्थापन परियोजनाको सहयोगमा महोत्सवको आयोजना गरिएको हो । महिनावारी भएको बेला गरिने विभेदको अन्त्यका लागि महोत्सवको आयोजना गरिएको हो । 

सचेतनामूलक गीत मार्फत समाजमा रहेका हानिकारक प्रचलनको अन्त्यका लागि महोत्विको आयोजना गरिएको ग्रामीण जलश्रोत व्यवस्थापन परियोजनाका सामाजिक तथा संस्थागत विज्ञ राजु तिरुवाले बताए । 

Atrya hospital

महोत्सवमा मार्यादित महिनावारी व्यवस्थापन सद्भावना दूत समेत रहेकी लोक तथा ड्यौडा गायिका रेखा जोशीले विभिन्न गीतहरु मार्फत जनचेतनामूलक सन्देश दिएकी छिन् । 

यस्तै लोक तथा ड्यौडा गायक महेशकुमार औजी,मनोहर परियार लगायतका कलाकारहरुले जनचेतनामूलक सांस्कृतिक झलक प्रस्तुत गरेका थिए । 

महिनावारी भएको समयमा गरिने भेदभावले महिलामाथि हिंसा हुने भएकाले त्यस्ता खालका हिंसा न्यूनीकरणका लागि समाजमा रहेका हानिकारक प्रचलन अन्त्य गरिनुपर्ने गायिका जोशीले बताइन् । उनले भनिन् ‘हाम्रो समाजमा रहेका हानिकारक प्रचलनहरुले विभिन्न प्रकारका हिंसाहरु भईरहेका छन् । यस्ता खालका हिंसा न्यूनीकरणका लागि कुप्रथाहरुलाई हटाउन जरुरी छ ।’

महिनावारी भएको समयमा महिलाहरुले अझै पनि दुधदही खान नपाउने, चर्पीको प्रयोग गर्न नपाउने लगायतका समस्याहरु रहेकाले त्यस्ता खालका समस्याहरु हटाउन सबैले जागरुक हुनुपर्ने महोत्सवका सहभागीहरुले बताएका छन् । महोत्सवमा पञ्चेश्वर सहित विभिन्न ठाउँका हजारौं दर्शको सहभागिता रहेको थियो । 

भोली बैतडीको शिवनाथमा सचेतनामूलक सांस्कृतिक महोत्सवको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, फागुन २३, २०७८  १८:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update