Sagun Khabar
बैतडीमा विद्युत अवरुद्ध हुँदा टेलिकमको सेवा गायब !
फाइल फोटो

बैतडी –बैतडीमा विद्युत अवरुद्ध हुँदा नेपाल टेलिकमले प्रदान गर्ने जीएसएम मोबाइल फोन सेवा अवरुद्ध हुने गरेको छ । जिल्लाको सतबाँझमा रहेको टावरले काम गर्ने क्षेत्रमा विद्युत अवरुद्ध हुँदा फोन सेवा समेत अवरुद्ध हुने गरेको स्थानीयहरुले बताएका छन् । 

विद्युत अवरुद्ध भएको केही घण्टाभित्रै मोबाइल फोन सेवा समेत अवरुद्ध हुने गरेको दशरथचन्द नगरपालिका १ का केशवदत्त भट्टले बताए । विद्युत अवरुद्ध हुने बित्तिकै टेलिकमको टावरले काम गर्न छोड्ने उनको भनाई छ । 

Atrya hospital

बेलाबेला विद्युत सेवा अवरुद्ध हुँदा फोन सेवा समेत अवरुद्ध हुने गरेको छ । यसले गर्दा नागरिकलाई सञ्चार आदानप्रदानमा निकै समस्या भएको स्थानीय विक्रम बिष्टले बताए । 

सतबाँझको टावरमा पावर ब्याकअपको समस्या हुँदा विद्युत अवरुद्ध हुँदा टेलिकमको सेवा पनि अवरुद्ध हुने गरेको हो । दुई बर्ष अगाडि देखि नै यो समस्या भएको भएपनि टेलिकमले समस्या समाधान गर्न सकेको छैन् । 

सतबाँझको टावरमा धेरै समय पावर ब्याकअप नभएकाले विद्युत अवरुद्ध हुँदा टावरले काम नगर्ने टेलिकम बैतडीका प्रमुख विक्रम टमटाले बताए । तर पावर ब्याक अप थप गर्ने बिषयमा भने अहिले सम्म पहल हुन सकेको छैन् । 
 

प्रकाशित मिति: मंगलबार, फागुन २४, २०७८  ०८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update