Sagun Khabar
नेतृत्व तहमा पहुँच बढाउँदै महिला 

बैतडी –बैतडीका स्थानीय तहका महिला जनप्रतिनिधिहरुले नेतृत्वमा पहुँच बढ्दै गएको बताएका छन् । संविधानले नै स्थानीय तहमा महिलाको प्रतिनिधित्व सुनिश्चित गरेकाले पहिलाको तुलानामा नेतृत्व तहमा महिलाको प्रतिनिधित्व बढ्दै गएको दशरथचन्द नगरपालिकाकी उपप्रमुख मीना चन्दले बताइन् । उनले भनिन् ‘पहिलाको तुलनामा महिलाको नेतृत्व तहमा पहुँच पुगेको छ । तर अझै पार्याप्त भएको छैन् ।’

संविधानले व्यवस्था गरे अनुसार अहिले वडा तहदेखि महिलाको नेतृत्व तहमा पहुँच पुगेको र यसलाई वृद्धि गर्दै लैजानुपर्ने पाटन नगरपालिकाकी उपप्रमुख सरस्वती कोलीले बताइन् । नेतृत्वमा आएपछि महिलाका सवाल सम्बोधनमा केही सहजता भएको र अबका दिनमा महिला नेतृत्वलाई अगाडि बढाउन सबैले साथ दिनुपर्ने उनले बताइन् । उनले भनिन् ‘महिलाको नेतृत्व तहमा पहुँच बढाउनका लागि सबै पक्षको सहयोग आवश्यक रहेको छ । अब महिला आरक्षण कोटामा मात्रै नभएर खुल्लाबाट पनि राजनीतिमा महिलाको सहभागिता गराउनु आवश्यक छ ।’

Atrya hospital

वडामा निर्वाचित भएपछि योजना तर्जुमा, बजेट विनियोजन लगायतका कुराहरुमा सहभागी हुन पाएको पाटन नगरपालिका वडा नं ५ की वडा सदस्य वसन्ती ठगुन्नाले बताइन् । उनले भनिन् ‘हामीले अहिले वडामा प्रतिनिधित्व गर्दा धेरै कुरा थाहा भएको छ । उनले भनिन् ‘संविधानको व्यवस्था अनुसार महिलाको प्रतिनिधित्व भएको छ । अबका दिनमा खुलाबाट पनि स्थानीय सरकारमा महिलाको सहभागिता बढाउनुपर्छ ।’

स्थानीय तहमा निर्वाचित भएपछि महिला सवाल र समस्या उठान गर्न सजिलो भएको दशरथचन्द नगरपालिका वडा नं २ की वडा सदस्य जयन्ती बोहराले बताइन् । 
 

प्रकाशित मिति: मंगलबार, फागुन २४, २०७८  १२:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update