Sagun Khabar
बैतडीमा महिलामाथि हुने हिंसामा अझै कमी आएन् 

बैतडी – बैतडीमा महिलामाथि हुने जघन्य खालका अपराधमा अझै कमी नआएको प्रहरीको तथ्यांकले देखाएको छ । चालु आर्थिक बर्षको अहिले सम्म प्रहरीमा जबरजस्तीकरणीका ५ ओटा मुद्दा दर्ता भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए । 

५ ओटा जबरजस्तीकरणी मुद्दा दर्ता भएका र ती मध्ये ४ ओटा अदालती प्रक्रियामा गईसकेका उनले बताए । जबरजस्तीकरणीको एक मुद्दामा प्रहरीको अनुसन्धान जारी रहेको प्रवक्ता खड्काले बताए । 

Atrya hospital

यस्तै चालु आर्थिक बर्षको अहिले ३ ओटा जबरजस्तीकरणी उद्योगका मुद्दा दर्ता भएका र ती सबै अदालती प्रक्रियामा गईसकेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस्तै चालु आर्थिक बर्षमा घरेलु हिंसा तथा लैगिंक हिंसाका २० ओटा ठाडो उजुरी दर्ता भएकोमा सबैमा मिलापत्र भएको प्रहरी प्रवक्ता खड्काले बताए । 

महिलामाथि हुने हिंसा न्यूनीकरणका लागि विभिन्न अभियानहरु सञ्चालन भईरहेका भएपनि अझै हिंसामा भने सोचे अनुसार कमी आउन सकेको छैन् । समाजमा रहेका विभिन्न हानिकारक प्रचलनका कारणले पनि महिलामाथि हिंसा हुने गरेको अधिकारकर्मीहरुले बताएका छन् । 
 

प्रकाशित मिति: मंगलबार, फागुन २४, २०७८  १४:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update