बैतडी –बैतडीको शिवनाथ गाउँपालिका उपाध्यक्ष कुस्मा चन्दलाई नेकपा एमालेले साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ । २०७४ सालको निर्वाचनमा एमालेबाट उपाध्यक्षमा निर्वाचित चन्दले पार्टीको हित विपरीत काम गरेको भन्दै साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको हो ।
एमालेले आज एक प्रेस विज्ञप्ती जारी गर्दै चन्दले पार्टीको हित विपरीत काम गरेको, स्पष्टीकरण सोध्दा समेत नदिएको, राष्ट्रिय सभा निर्वाचनमा पार्टीका उम्मेद्वारलाई भोट नदिएकोले चन्दमाथि कारवाही गरिएको जनाएको छ ।
यस्तै चन्दले पार्टीलाई बुझाउनुपर्ने लेबी समेत नबुझाएकोले पार्टी विधान अनुसार कारवाही गरेको एमालेले जनाएको छ ।
यही फागुन ३ गते बसेको जिल्ला कमिटिको बैठकले पनि लिखित स्पष्टिकरण सोध्दा समेत चन्दले बेवास्ता गरेकाले पार्टीबाट निष्कासन गरेको एमाले बैतडीका प्रचार बिभाग प्रमुख लोक बहादुर भण्डारीले बताए ।
एमालेबाट निर्वाचित उपाध्यक्ष चन्द कांग्रेसमा प्रवेश गर्ने चर्चा चलिरहेको छ ।