Sagun Khabar
कांग्रेस सह–महामन्त्री पाण्डेय भोली बैतडी आउँदै
Atrya hospital

बैतडी –नेपाली कांग्रेसका केन्द्रिय सह–महामन्त्री बद्री पाण्डेय भोली बैतडी आउने भएका छन् । नेपाली कांग्रेस बैतडीले शिवनाथको सुल्लेखानमा आयोजना गर्ने आमसभालाई सम्बोधन गर्नका लागि सहमहामन्त्री बैतडी आउन लागेका कांग्रेस बैतडीका सचिव प्रेमबहादुर चन्दले बताए । 

जिल्लाका मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकालाई लक्षित गरेर शिवनाथमा आमभेलाको आयोजना गरिएको कांग्रेस बैतडीले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, फागुन २५, २०७८  ०७:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update