Sagun Khabar
चुनाव केन्द्रित प्रचारका लागि कांग्रेसले सुदूरपश्चिममा केन्द्रिय सदस्य खटायो 
फाइल फोटो
Atrya hospital

बैतडी –नेपाली कांग्रेसले स्थानीय तह चुनाव केन्द्रित प्रचारका लागि ७७ ओटै जिल्लामा केन्द्रिय प्रतिनिधि खटाएको छ । कांग्रेसले यही फागुन २९ गतेदेखि सञ्चालन गर्ने ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियानका लागि केन्द्रिय प्रतिनिधि खटाएको हो । 

बैतडी सहित सुदूरपश्चिमका ९ ओटै जिल्लामा केन्द्रिय प्रतिनिधि खटाइसकेको नेपाली कांग्रेस बैतडीका सचिव प्रेमबहादुर चन्दले बताए । बैतडीमा केन्द्रिय प्रतिनिधिको रुपमा केन्द्रिय सदस्य यज्ञराज जोशीलाई खटाएको छ । 

यस्तै कैलालीमा गोविन्द बहादुर शाह, कञ्चनपुरमा नैन सिंह महर, डडेल्धुरामा ईश्वरी न्यौपाने , बझाङमा रमेश लेखक , अछाममा सिताकुमारी राना , बाजुरामा अर्जुनजंगबहादुर सिंह , दार्चुलामा अरुण राठौर र डोटीमा किरण गिरीलाई केन्द्रिय प्रतिनिधिको रुपमा खटाएको कांग्रेसले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, फागुन २५, २०७८  ०९:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update