Sagun Khabar
बैतडीमा एकैदिन १९ जनाले कोरोना जिते 

बैतडी –बैतडीमा बिहीबार एकैदिन १९ जनाले कोरोना जितेका छन् । जिल्लाका विभिन्न स्थानीय तहका कोरोना संक्रमित मध्ये १९ जनाले कोरोना जितेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।

बिहीबार १९ जनाले कोरोना जितेपछि बैतडीमा सक्रिय संक्रमितको संख्या ७३३ पुगेको छ । आज एन्टीजेन विधिबाट परीक्षण गर्दा पुर्चौंडी नगरपालिका ६ का ४० बर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । पीसीआर प्रयोगशालाको रिपोट आउन भने बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । 

Atrya hospital

सक्रिय संक्रमित मध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा ३३० जना, पाटन नगरपालिकामा १७० जना, मेलौली नगरपालिकामा २७ जना र पुर्चौंडी नगरपालिकामा १९ जना रहेका छन् । 

यस्तै पञ्चेश्वर गाउँपालिकामा ६६ जना, सिगास गाउँपालिकामा ३७ जना, सुर्नया गाउँपालिकामा ३४ जना, शिवनाथ गाउँपालिकामा २० जना, दोगडाकेदार गाउँपालिकामा १६ जना र डिलाशैनी गाउँपालिकामा ३ जना सक्रिय संक्रमित रहेका छन् । 

प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८  १७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update