Sagun Khabar
बैतडीको पाटनमा एक घर- एक धारा निर्माण 

बैतडी – बैतडीको पाटन नगरपालिकाका विभिन्न स्थानमा सुरक्षित खानेपानी योजना लागू भएपछि एक घर एक धारा निर्माण भएका छन् । धारामा आउने पानीको गुणस्तर समेत जाँच गरिएको छ । 

सुरक्षित खानेपानीमा पहुँच पुगेपछि स्थानीयबासिन्दाहरु समेत खुसी भएका छन् । पाटन नगरपालिकाको वडा नं ८,९ र १० का केही बस्तीमा एक घर एक धारा निर्माण गरिएका हुन् । 

Atrya hospital

पाटन नगरपालिका,युनिसेफ नेपाल र रुडेस बैतडीको साझेदारीमा सञ्चालित सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा कार्यक्रम अन्तर्गत स्थानीयहरुका घरघरमा धारा निर्माण गरिएका हुन् । 

पानीको गुणस्तर समेत जाँच गरेर प्रत्येक घरमा खानेपानीका धारा निर्माण भएकाले नगरबासीलाई सुरक्षित खानेपानीको पहुँचमा पुर्याउने लक्ष्य पूरा हुन थालेको पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दले बताए । 

केही दिन अघि एक घर एक धारा उद्दघाटन गर्दै नगर प्रमुख चन्दले पाटन नगरपालिकामा सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा कार्यक्रम लागू भएको जानकारी समेत दिए । उनले भने ‘दिगो विकासका लक्ष्य प्राप्तिमा यस्ता खालका कार्यक्रमले सहयोग पुर्याउँछ ।’

समुदायमा सुरक्षित खानेपानी पु¥याउँन नगरपालिकाले निर्माण गरेका खानेपानी योजनामा युनिसेफ नेपाल र रुडेस बैतडीले पानीको गुणस्तर परीक्षण गरेर एक घर एक धारा निर्माण गर्नुकासाथै सुरक्षित पानी उपलब्ध गराउन सुरु गरेको रुडेस बैतडीका कार्यकारी निर्देशक गोविन्दराज जोशीले बताए । उनले भने ‘पाटन नगरपालिकासँगको साझेदारीमा हामीले एक घर एक धारा निर्माण गरेर मुहानदेखि मुखसम्म सुरक्षित खानेपानी उपलब्ध गराउने अभियान सुरु गरेका छौं । पाटन नगरपालिकाको सल्लेबासा, रुइसाईनी र भट्याडी गाउँमा एक घर एक धारा निर्माण गरेर समुदायमा सुरक्षित खानेपानी पु¥याएका छौं ।’

सुरक्षित खानेपानी युक्त समुदाय घोषणाका लागि पानीको गुणस्तर जाँच, मर्मतसंभार कोष, खुला दिसामुक्त क्षेत्र र हेरालुको व्यवस्था लगायतका नौ वटा सूचक पूरा भएपछि त्यो समुदायलाई सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिने जनाइएको छ । 

पाटन नगरपालिका –९, का स्थानीय करनसिंह भाटले नगरपालिका र रुडेस बैतडीले एक घर एक धारा निर्माण गरेकोमा धन्यवाद दिए ।

प्रकाशित मिति: बुधबार, फागुन २५, २०७८  ११:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update