बैतडी – नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याटिङ अलराउन्डर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषदको ‘महिनाको उत्कृष्ट खेलाडी’ (प्लेअर अफ दि मन्थ) को मनोनयनमा परेका छन् ।
परिषदले बुधवार सार्वजनिक गरेको फेब्रुअरी महिनाको उत्कृष्ट खेलाडीको मनोनयनमा दीपेन्द्र पर्न सफल भएका हुन् । मनोनयनमा उनीसँगै भारतका श्रेयस अयर र यूएईका वृत्य अरविन्द छन् । यी तीनजनामध्ये भोटिङका आधारमा एकजनालाई प्लेयर अफ दी मन्थ घोषणा गरिने परिषदले जनाएको छ ।
दिपेन्द्रले आईसीसी टी–ट्वेन्टी विश्वकप, त्यसअघि भएको ओमान, यूएई र आयरल्यान्डसँगको त्रिदेशिय सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका थिए । विश्वकप छनोटमा उनले १ सय ५९ रन बनाउनुका साथै ६ विकेट लिएका थिए ।
त्रिदेशीय शृङ्खलामा उनले १ सय ४२ रन बनाउँदै चार विकेट लिएका थिए ।
प्रकाशित मिति: बुधबार, फागुन २५, २०७८ १६:२९
प्रतिक्रिया दिनुहोस्