Sagun Khabar
बैतडीको सुर्नयामा शीत भण्डार भवन निर्माण कार्य शुरु 

बैतडी –बैतडीको सुर्नया गाउँपालिका वडा नं २ सिउडेमा शीत भण्डार भवन निर्माण कार्य शुरु भएको छ । बुधबार एक कार्यक्रमकाबीच शीत भण्डार भवन निर्माण कार्य उद्दघाटन गरिएको सुर्नया गाउँपालिकाकी उपाध्यक्ष लीला बिष्टले बताइन् । 

संघीय सरकारको बिशेष अनुदान अन्तर्गत शीत भण्डार भवन निर्माण कार्य शुरु भएको बिष्टले बताइन् । किसानहरुले स्थानीयस्तरमा उत्पादन गरेका कृषिजन्य उपजहरुलाई भण्डारणका लागि सहज होस भनेर शीत भण्डार निर्माण कार्य शुरु गरिएको हो । 

Atrya hospital

शीत भण्डार भवन निर्माणका लागि श्री पातालभुमेश्वर नारी एकता बहुउद्देश्यीय कृषि सहकारी संस्थासंग भवन निर्माणका लागि सम्झौता भएको छ । सरकारको ४८ लाख लगानि र स्थानीयको ६ लाख बराबरको जनश्रमदान गरी ५४ लाखमा शीत भण्डार भवन निर्माण सम्पन्न हुने उपाध्यक्ष बिष्टले बताइन् । 

शीत भण्डार भवन निर्माणका लागि जग्गादाता स्थानीय गोमती चन्दको परिवारलाई सम्मान समेत गरिएको छ । शीत भण्डारको एक कार्यक्रमकाबीच संघीय सांसद दामोदर भण्डारी, प्रदेश सांसद लिलाधर भट्ट र उपाध्यक्ष लीला बिष्टले संयुक्त रुपमा उद्दघाटन गरे । 

शीत भण्डार भवन निर्माण भएपछि स्थानीयहरुलाई कृषि उपज संकलन तथा भण्डारणका लागि सहज हुने विश्वास गरिएको छ । 
 

प्रकाशित मिति: बुधबार, फागुन २५, २०७८  २०:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update