बैतडी –नेपाली कांग्रेसका केन्द्रिय सह–महामन्त्री बद्री पाण्डेय बैतडी पुगेका छन् । नेपाली कांग्रेसले शिवनाथको सुल्लेखानमा आज आयोजना गर्ने आमसभालाई सम्बोधन गर्नका लागि सहमहामन्त्री पाण्डेय बुधबार साँझ बैतडी पुगेका हुन् ।
स्थानीय तहको चुनावलाई लक्षित गरेर कांग्रेसले आमसभाको आयोजना गरेको र सोही सभालाई सम्बोधन गर्न केन्द्रिय सह–महामन्त्री पाण्डेय बैतडी पुगेका नेपाली कांग्रेस बैतडीका सचिव प्रेमबहादुर चन्दले बताए ।
प्रकाशित मिति: बिहीबार, फागुन २६, २०७८ ०७:४६
प्रतिक्रिया दिनुहोस्