Sagun Khabar
बैतडीको दोगडाकेदारमा स्थानीयहरुको कालाजार परीक्षण  
फोटो :स्थानीयहरुको कालाजार परीक्षण गर्दै स्वास्थ्यकर्मीहरु

बैतडी –बैतडीको दोगडाकेदार गाउँपालिका ५ का एकजनामा कालाजार पुष्टि भएपछि उनको सम्पर्कमा रहेकाहरुको परीक्षण गरिएको छ । 

धनगढीमा उपचार गराउने क्रममा ती व्यक्तिमा कालाजार पुष्टि भएपछि नेपाल सरकारको नीति अनुसार सम्पर्कमा रहेकाहरुको परीक्षण गरिएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक भुवनप्रसाद जोशीले बताए । 

Atrya hospital

कालाजार भएको मानिसको सम्पर्कमा रहेका २१ जनाको परीक्षण गरिएको सबैको रिपोट नेगेटिभ आएको उनले बताए । कालाजार पुष्टि भएका व्यक्तिको पनि अहिले रिपोट नेगेटिभ आईसकेको उनले बताए । कालाजार भए नभएको रगत परीक्षणबाट थाहा हुन्छ । 

सेन्टफ्लाई नामक भुसुनाको टोकाईबाट कालाजार सर्ने गर्दछ । सोही भुसुनाले एक व्यक्तिगतबाट अर्को व्यक्तिमा कालाजार सार्ने भएकाले सम्पर्कमा रहेकाहरुको परीक्षण गरिएको हो । स्वास्थ्य कार्यालयले गाउँमै स्वास्थ्यकर्मी खटाएर स्थानीयहरुको कालाजार परीक्षण गरेको हो । 

कालाजार भएमा टाउको दुख्ने, ज्वरो आउने, छालामा विभिन्न खालको संक्रमण हुने लगायतका लक्षणहरु देखा पर्दछन् । 
 

प्रकाशित मिति: बिहीबार, फागुन २६, २०७८  १२:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update