बैतडी –बैतडीमा बजार अनुगमन कार्य जारी रहेको छ । बिहीबार जिल्लाको खोड्पे बजारमा अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए । स्थानीय तहसंगको समन्वयमा बजार अनुगमन भईरहेको उनले बताए ।
खोड्पेमा २७ पसलमा अनुगमन गरिएको र अखाद्य सामग्री विक्रि गर्दै आएका ८ जना व्यापारीलाई कारवाही गरिएको उनले बताए । ७ पसलेलाई ५ हजारका दरले जरीवना गरिएको छ भने एक पसलेलाई १० हजार जरीवाना गरिएको सूचना अधिकारी भारतीले बताए ।
म्याद गुज्रेका सामग्री विक्रि गर्ने, सम्बन्धित निकायमा पसल दर्ता नगर्ने, मूल्य सूची नराख्ने व्यापारीहरुलाई जरीवाना गरिएको संयुक्त बजार अनुगमन समितिले जनाएको छ ।
यस्तै विभिन्न पसलहरुबाट १० हजार ८५ रुपैंया बराबरको अखाद्य सामग्री बरामद गरेर नष्ट गरिएको सूचना अधिकारी भारतीले बताए ।
बजार सामान किन्दा उपभोक्ताहरुले पनि ध्यान दिनुपर्ने सूचना अधिकारी भारतीले बताए ।