बैतडी –नेकपा एमालेले दशरथचन्द नगरपालिकास्तरीय कार्यकर्ता प्रशिक्षण सम्पन्न गरेको छ । स्थानीय तहको चुनावलाई लक्षित गर्दै कार्यकर्ता प्रशिक्षण गरिएको एमाले दशरथचन्द नगर कमिटिले जनाएको छ ।
सो कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेर ४५ जनाले एमालेमा प्रवेश गरेको बताइएको छ । प्रशिक्षण कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य एवं जिल्ला इन्चार्ज पुरनसिंह दयाल, केन्द्रिय सदस्य एवं जिल्ला सहइन्चार्ज लिलाधर भट्ट, प्रदेश कमिटि अध्यक्ष दामोदर भण्डारी, जिल्ला अध्यक्ष सुरेन्द्र पाल लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: बिहीबार, फागुन २६, २०७८ १९:०३
प्रतिक्रिया दिनुहोस्