Sagun Khabar
पाटन नगरपालिकाले पारित गर्यो आप्रवासी कामदार लक्षित कार्यक्रम र बीमा सम्बन्धि कार्यविधि 

बैतडी –बैतडीको पाटन नगरपालिकाले आप्रवासी कामदार लक्षित कार्यक्रम र बीमा सम्बन्धि कार्यविधि पारित गरेको छ । नगरपालिकाको १२ औं नगरसभाबाट सो कार्यविधि पारित भएको नगर प्रवक्ता लोकबहादुर भण्डारीले बताए । 

मौसमी रुपमा भारतमा काम गर्न जाने नागरिकका लागि दुर्घटना बीमा र उनीहरुको परिवारका लागि विभिन्न खालका कार्यक्रमहरु सञ्चालन गर्नका लागि कार्यविधि पारित भएको नगरपालिकाकी उपप्रमुख सरस्वती कोलीले बताइन् । 

Atrya hospital

भारतमा काम गर्न जाँदा कामदारको बीमा नभएकै कारण विभिन्न समस्या झेल्नुपरेकाले ५० प्रतिशत नगरपालिका र ५० प्रतिशत स्वयं व्यक्तिको लगानिमा बीमा शुल्क तिर्ने कुरा कार्यविधिमा उल्लेख गरिएको छ । 

आप्रवासी कामदारहरुलाई हुने जोखिम न्यूनीकरणका लागि दुर्घटना बीमा आवश्यक रहेको र यो नगरपालिकाले कार्यविधि बनाएर पारित गरेको नगरप्रमुख केशवबहादुर चन्दले बताए । उनले भने ‘यो कार्यविधिले नगर क्षेत्रका नागरिकलाई सहयोग पुग्ने हाम्रो विश्वास रहेको छ । यसलाई कार्यान्वयन गरेर जोखिम न्यूनीकरणको प्रयास गर्नेछौं ।’

भारतमा जाने आप्रवासी कामदारहरुका लागि दुर्घटना बीमा गर्नका लागि कार्यविधि बनाउन रुडेस बैतडीले समेत प्राविधिक सहयोग गरेको थियो । अक्सफाम नेपालको सहयोगमा रुडेसले सञ्चालन गरिएको ग्रिन परियोजना अन्तर्गत कार्यविधि निर्माणमा सहयोग गरिएको रुडेस बैतडीका कार्यकारी निर्देशक गोविन्दराज जोशीले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, फागुन २७, २०७८  १८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update