बैतडी –बैतडीको पाटन नगरपालिकाको १२ औं नगरसभा आज सम्पन्न भएको छ । नगरसभाले कार्यपालिकाले विभिन्न समयमा पारित गरेका निर्णयहरु पारित गरेको नगर प्रवक्ता लोकबहादुर भण्डारीले बताए ।
नगर प्रमुख केशवबहादुर चन्दको अध्यक्षतामा सम्पन्न भएको नगरसभाले विभिन्न कार्यविधिहरु समेत पारित गरेको छ । आप्रवासी कामदारहरुको लक्षित कार्यक्रम र बीमा सम्बन्धि कार्यविधि र सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा कार्यक्रम कार्यविधि पारित गरेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकामा जनप्रतिनिधि आएपछि पहिलो कार्यकालको यो अन्तिम नगरसभा भएको नगरप्रवक्ता भण्डारीले बताए ।
प्रकाशित मिति: शुक्रबार, फागुन २७, २०७८ १८:१२
प्रतिक्रिया दिनुहोस्